कोभ्याक्समार्फत ७७ लाख २५ हजार मात्रा खोप उपलब्ध

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोभ्याक्समार्फत ७७ लाख २५ हजार खोप उपलब्ध भएको छ । कोभ्याक्स सुविधा अन्तरगतको हालसम्म ६० लाख ३९ हजार डोज कोभिशिल्ड र १६ लाख ८६ हजार डोज मोडेर्ना खोप उपलब्ध भएको जनाएको छ । कोभ्यासको साझेदारी संख्याले बिहीबार जारी बिज्ञप्तिमा खोपको अतिरिक्त ३० लाख थान सिरिन्जहरू ८३ हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टकृत वाक इन कुलरहरू स्तान्तरण गरिएको जनाएको छ ।

ती खोपहरू, भ्याक्सीनेसन सम्बन्धी सामाग्रीहरू तथा उपकरणहरू देश भरीका प्रदेशहरू तथा नगरपालिकाहरूमा छिट्टै वितरण कोभ्यासले जनाएको छ । कोभ्याक्स भ्याक्सिनको पछिल्लो आपूर्तिले नेपाली जनताको जीवन सुरक्षा गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पुर्याउँदै जाने विज्ञप्तिमा उल्लेख छ । २२ डिसेम्बरसम्मको आँकडा अनुसार नेपालमा २ करोड २० लाख खोपहरू लगाइ सकिएको छ । जस मध्ये ९७ लाख मानिसहरूले पूर्ण खोप पाई सकेका छन् ।


त्यस्तै एक करोड ३८ लाख मानिसहरूले आँशिकरुपमा १ मात्रा खोप पाएका छन् । यो उपलब्धी साझेदार देशको सहकार्य र राज्यबाट सोझै खरिद प्रक्रिया मार्फत कोभ्याक्स सुविधा अन्तरगत हासिल भएको उल्लेख छ । पछिल्लो कोभ्याक्स एएमसि डेलीभरी अन्तरगत १६ लाख ८६ हजार डोज मोडेर्ना खोपहरू आपूर्ति हुँदैछ । जस्ले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियानको निरन्तरतालाई बल पु-याउने उल्लेख छ ।

सिइपिआई, गावी, युनिसेफ र बिश्व स्वास्थ्य संगठनको सहकार्यको रुपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकारहरू, अन्तराष्ट्रिय संस्थाहरू, प्रतिष्ठानहरू र निजी क्षेत्रहरूको ठूलो परिमाणको सहायताबाट सम्भव भएका विज्ञप्तिमा जनाएको छ । कोभ्याक्स अन्तरगत खरिद गरिएको खोपको नेपालमा भएको आपूर्तिलाई संसारभरी कोभिड १९ खोपको समतामुलक वितरणको सुनिश्चितताको एउटा अंशको रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ ।


कोभ्याक्स सुविधाबाट प्राप्त खोपको सहायताले देश भरिका मानिसहरूलाई खोप लगाउने नेपाल सरकारको प्रयासमा एउटा महत्वपूर्ण योगदान पुर्याएको छ । यस कोभ्याक्स सुविधालाई नेपालमा रहेका कोभ्यास सुविधा साझेदार राष्ट्रहरू (अष्ट्रेलिया, चिन, युरोपियन युनियन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदीअरेविया, स्विटजरल्याण्ड, बेलायत र अमेरिका) विभिन्न दातृ सरकारी साझेदारहरू, प्रतिष्ठानहरू र निगमहरूले आर्थिक सहायता पु-याएका छन् ।