एसईई खारेज गर्न संसदीय समितिको निर्देशन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कक्षा १० को एसईई परीक्षा खारेज गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

संसदीय समितिले यसअघि २९ जेठ २०७७ मा पनि एसईई खारेज गर्न निर्देशन दिएकाे थियो । तर सरकारले उक्त निर्देशन कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो ।