मुगु सदरमुकाम बाट रारा बिमानस्थलसम्मको भाडा घटयो


मुगु । 

जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चासम्मको जिप भाडा दर घटेको छ । गमगढीदेखि ताल्चासम्मको भाडा बढी भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा बसेको सर्बदलीय बैठकले जिप र बस भाडा दर निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले गमगढीदेखि ताल्चासम्मको जिपको भाडा दर रु  ३ सय निर्धारण गरिएको बताए । यस अगाडि गमगढी बजारदेखि ताल्चासम्मको भाडा दर रु। ५ सय रहेको थियो ।उनका अनुसार ताल्चादेखि सल्लेरीसम्मको भाडा पनि निर्धारण गरिएको छ । ताल्चादेखि सल्लेरीसम्मको भाडा दर रु। २ सय निर्धारण गरिएको छ ।

त्यस्तै गमगढीदेखि तुमसम्म रु ५०, गमगढीदेखि ताल्चासम्म रु। १ सय, गमगढीदेखि पिनासम्म रु। २ सय, गमगढीदेखि बुलबुलेसम्म रु। ३ सय ५०, गमगढीदेखि गोठिज्युलासम्म ६ सय रुपैयाँ बस भाडा निर्धारण गरिएको छ ।यसका साथै गमगढीमा रहेका जिप तथा बस ब्यावसायीहरुले अनिवार्य रुपमा यात्रुहरुको टिकट काट्नुपर्ने, सवारी साधन र काउन्टरहरुमा भाडा दर यात्रुहरुले देखिने गरी राख्नुपर्ने पनि उक्त बैठकले निर्णय गरेको छ ।

अब मंगलबार बाट उक्त निर्णय कार्यान्वयनमा आउने रारा छायानाथ यातायात प्रा.लि.मुगुका प्रतिनिधि नेता प्रसाद चौलागाईंले बताए ।