प्रियंकालाई पतिको नामबाट आपत्ति



बलिउडदेखि हलिउडमा समेत ख्याति कमाएकी अभिनेत्री प्रियंका चोपडा आफूलाई सञ्चारमाध्यमले निक जोन्सकी पत्नी भनेर सम्बोधन गरेको भन्दै सञ्चारमाध्यमका साथ रुष्ट भएकी छिन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई निक जोन्सकी पत्नी भनेर समाचार प्रसारण गरेपछि उनले आफ्नो इन्स्टाग्राम खातामा उक्त समाचारको स्क्रिन शट राख्दै आफ्नो बेग्लै परिचय हुँदाहुँदै पनि आफूलाई पतिको नामबाट सम्बोधन गरेकोमा प्रश्न गरेकी छिन् ‘आज पनि महिलाको साथ किन यस्तो हुन्छ? यो बडा अचम्मको कुरा छ की म अहिले निकै सफल फिल्मको फ्रेन्चाइजीको प्रचार गरिरहेको छु । मेरो आफ्नै परिचय छ । तर, मलाई कसैको पत्नी भनेर सम्बोधन गरिन्छ।’ उनले आपत्ति व्यक्त गरेकी छिन् ।

अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेकी प्रियंकालाई कतिपय सञ्चारमाध्यमले निककै नामबाट सम्बोधन गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्