रसुवामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित सिरक वितरण

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

रसुवाको कालिका गाउँपालिकाको पाँच वटै वडामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा सिरक वितरण गरिएको छ ।

करिब ५४७ ज्येष्ठ नागरिक र ५७ जना क वर्गका अपाङ्गता परिचयप्राप्त व्यक्ति र २९ जना दलित ज्येष्ठ नागरिकले उक्त सेवा पाएका छन् ।गाउँपालिकाको सबै वडाकाजनप्रतिनिधिको सहभागितामा न्यानो सिरक वितरण र निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको थियो ।