राजधानीमा २३ गते जन लहर उताछौः पुर्वमन्त्री श्रेष्ठ


काठमाडौं । 

नेकपा एमाले सांसद, स्थायी समिति सदस्य एवं वागमती प्रदेश सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौ जिल्ला अधिवेशन भव्य बनाउन निर्देशन दिनुभएको छ । काठमाडौं क्षेत्र प्रदेश–९ ख कमिटीको  आज सम्पन्न बुधवार पहिलो बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले जिल्ला  अधिवेशनलाई पार्टीको १० औ महाअधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्न निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो–१० औ महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जन लहर काठमाडौँमा उत्रनुपर्छ ।  पुर्वमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आउँदो निर्वाचन पछि नेकपा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै लागिपर्नुपर्ने बताउनुभयो ।  यो बैठकले जिल्ला अधिवेशनको तयारी  सुरुवात भएको छ । अब सबै जनाले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । उहाँले अधिवेशनको पाटी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिनुभयो ।

 बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनमा भएको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौं जिल्लामा रहेका २० वटा कमिटी मध्य पहिलो बैठक राख्ने कमिटी प्रदेश २ ख भएको उहाँको भनाई थियो ।  बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिको बारेमा बोल्नुभएको थियो । बैठकमा प्रदेश सदस्य भगवान घले, गोपीचन्द्र कार्की, ईश्वर विडारी लगायतले केन्द्रीय सदस्यमा विजयी नेतालाई शुभकामना व्यक्त गर्नुभएको थियो । बैठक चन्द्रागिरी नगरका सचिव राजभाई महर्जनले सञ्चालन गर्नुभएको थियो ।

  बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजय क्रान्ति शाक्य , विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा प्रदेश ख संयोजक एवं काठमाडौँ जिल्ला सचिवालय सदस्य  दीपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र ९ को संयोजक अवन्ती सिक्देलले स्वागत मन्तव्य राख्नुभएको थियो ।