देविकाले ल्याइन् ए मेरो हजुर (भिडियोसहित)



लोकप्रिय गायिका देविका वन्दना आफ्ना नयाँ गीतका साथ प्रस्तुत भएकी छिन्। देविकाले हालै आफ्नो स्वरमा ए मेरो हजुर बोलको गीत बजारमा ल्याएकी हुन्। उनको आफ्नै देविका वन्दना युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा शोभा केसीको शब्द रहेको छ भने सम्राट थापाले संगीत दिएका छन्।

विभिन्न रमणीय तथा प्राकृतिक सुन्दरतायुक्त स्थानमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा प्रेमिकाले प्रेमीलाई विभिन्न तरिकाले आफ्ना प्रेमिल भावना पोखेकी छिन्। म्युजिक भिडियोमा अभिनेता पुष्प खड्काका साथमा मोडल गरिमा शर्माले अभिनय गरेका छन्। सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा ज्ञानेन्द्र एस हुमागाईंको छायांकन तथा दिनसन शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्