कांग्रेस केन्द्रीय सदस्यमा राजन केसी विजयी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा राजन केसीसहित तीन जना विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा राजन केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल (केसी) विजयी भएका हुन् ।

केसीले २१२९ मत प्राप्त गरे भने  रञ्जितले २४१९ मतप्रदेशको महिलातर्फकी उम्मेदवार नेपालले १६७० मत ल्याएकी छन् । रञ्जित र नेपाल सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी नेता प्रकाशमान सिंह निकट हुन् ।