विवेकशील साझामा पाण्डे पक्षले बनायो ‘समानान्तर’ समिति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले समानान्तर समिति बनाएको छ। पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग वैचारिक एजेन्डामा फरक मत देखिएपछि पाण्डे पक्षले विवेकशील साझा पार्टी सुदृढीकरण अभियान भन्दै समानान्तर केन्द्रीय समिति घोषणा गरेका छन्।

पाण्डे पक्षले विवेकशील साझाका केन्द्रीय सदस्य १२९ जनालाई पनि उक्त समितिमा समावेश गरेका छन् भने सुदृढीकरण अभियान भन्दै नयाँ केन्द्रीय सदस्य थप गरिएको छ।

प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामाङ, महेन्द्र आचार्य, कल्याण अधिकारी, बिमला रोक्का, बोधराज पराजुली, सुबास भारती, प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, फडिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ केन्द्रीय सदस्य भएका छन्।

साथै मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा, नवराज कार्की, सुबास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेशकुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्यौपाने, भोला रिजाल, रवीन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी, भीमनारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु केसी, निर्मल फुयाल, सम्झना उप्रेती, गोविन्द आचार्य, रामबाबु यादव र उत्तम खनाल पनि केन्द्रीय समितिमा सदस्य छन्।