च्याब्रुङ प्रशिक्षण सम्पन्न



१२ दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको व्यवस्थापनमा प्रदेशस्तरीय लोक बाजा प्रशिक्षण कार्यक्रमअन्तर्गत सदरमुकाम फिदिमस्थित वरदान संगीतालयमा लिम्बू जातिको अत्यन्तै पुरानो मौलिक बाजा च्याब्रुङको आधुनिक र सांगीतिक प्रणालीभित्र रहेर सम्पन्न गरिएको हो ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायतका २२ जना पशिक्षार्थी रहेको उक्त प्रशिक्षण कार्यक्रम गत मंसिर १२ गतेदेखि हरेक दिन दुई सिप्mट गरेर सञ्चालन गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संगीत विभाग प्रमुख अशोक कुमार राईको सहभागितामा सम्पन्न कार्यक्रमको प्रमुख प्रशिक्षक यासेली योङहाङ र प्रशिक्षकमा वरदान संगीतालयका प्रमुख बुद्ध लिम्बू इङ्वा रहेका थिए ।

कार्यक्रममा सुम्जिरी तुम्बापो, देबुबहादुर साँवा, घटिका थेबे, समीक्षा लिम्बू, जुनु तुम्बापो, प्रभा मेयोङवा, उदय नेम्वाङ, केबी किराँती, कर्म चन्द्र नेम्बाङ, मन्दिरा मेयोङ्वा, महेश सेलिङ, मिराक हाङ लिम्बू, महेन्द्र कुमार तुम्बापो, चन्द्र प्रकाश तुम्बापो, सेसेमा सुहाङ, तारा लिङ्देन, सम्झना योङहाङ, सुखराज लिम्बू, ज्योति बेघा, सुरेन्द्र सुहाङ, वीरेन्द्र लिम्बू माबो, लाजोहाङ लिम्बूले प्रशिक्षण लिएका थिए।

प्रतिक्रिया दिनुहोस्