नेपाल स्वास्थ्य अनुसन्धान परिषद्कोे बुटवलमा कार्यालय स्थापना 

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को लुम्बिनी प्रदेश कार्यालयको बुटवलमा शाखा कार्यालय स्थापना गरिएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रदेश इकाई कार्यालय स्थापना गरिएको परिषद् कार्यकारी निर्देशक प्रदीप ज्ञवालीले बताउनु भयो ।

आम्दा अस्पताल बुटवल परिसरमा लुम्बिनी प्रदेशको कार्यालय स्थापना गरेर २ जना कर्मचारीसहित काम शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् कार्यकारी निर्देशक डा. ज्ञवालीले कोभिड सङ्क्रमणपछि नेपालको स्वास्थ्य क्षेत्रमा रिसर्चको महत्वमा जोड दिन थालिएको बताउनु भयो ।

अन्तर्राष्ट्रिय मापदण्ड, ईथिकल हुनुपर्ने भन्दै उहाँले यसको आधारमा नीति बनाउन समेत यस प्रकारको रिसर्चको आउटपुट सहयोगी हुने बताउनु भयो ।

कोभिड-१९ सङ्क्रमणको बेला प्लाज्मा डोनेसनको काम सफलता मिलेको स्मरण गर्दै अहिले नयाँ २ वटा रिसर्चको काम शुरु भएको उहाँले बताउनु भयो । गत हप्ता जनकपुरमा स्थापना गरिएको भन्दै प्रदेश स्तरमा शाखा खोल्ने काम जारी रहेको बताउनुभयाे ।