बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

0
Shares

मधुसुदन रायमाझी, काठमाडौं ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएकाे छ । अहिले आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने प्रहरीको भनाइ छ ।