नेवार सुन्दरीले मनाए योमरी पुन्ही



मिस नेवा: र मिस लिटिल नेवा:का विजेता, उपविजेता तथा पूर्वमिस नेवाहरुले योमरी बनाएर र बनाउन सिकाएर योमरी पुन्ही दिवस मनाएका छन् ।

ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक-अर्कालाई योमरी बनाउन सिकाएर योमरी पुन्ही मनाएका हुन् । नेवार चाडपर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

कार्यक्रममा मिस नेवा: र मिस लिटिल नेवा: को आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, प्रबन्ध निर्देशक अशोक कुमार श्रेष्ठ मिस नेवा:हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, मिस लिटिल नेवा: आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिशा तण्डुकार, वितिषा कंसाकार उपविजेतालगायतका साथमा अभिभावकहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्