प्याब्सन मोरङमा पहिलो महिला अध्यक्ष

0
Shares

मोरङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित हुनुभएको छ । प्याब्सन खमोरङको आज सम्पन्न १५औँ जिल्ला अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

विसं २०४७ मा प्याब्सन स्थापना भएपश्चात् निर्वाचनबाट सर्वसम्मत् रूपमा निर्वाचित भएर नेतृत्वमा आएकी सुब्बा मोरङ प्याब्सनमा पहिलो महिला अध्यक्ष हुनुहुन्छ । यसगरी वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल, उपाध्यक्षमाद्वयमा भक्तराज सुब्बा र सुरेन्द्र सुवेदी निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा जगतबहादुर बस्नेत, कोषाध्यक्षमा विष्णु डङ्गोल, सहसचिवद्वयमा मनोज रेग्मी र विकर्ण कार्की, सह–कोषाध्यक्षमा भुपाल बस्नेत निर्वाचत हुनुभएको छ ।

यस्तै खुल्ला सदस्यमा रुद्र थापा, दीपकप्रसाद घिमिरे, कमलप्रसाद तिम्सिना र मणिराज भट्टराई निर्वाचित हुनुभएको छ भने पालिका तर्फबाट लेटाङबाट भोलानाथ पाण्डे, सुनवर्सीबाट कसराज राजवंशी, उर्लाबारीबाट रियन्द्रबहादुर थापा, मिक्लाजुङबाट अमित खड्का, पथरी शनिश्चरेबाट राजु तिम्सिना, रतुवामाइबाट छविलाल बाँस्कोटा, रङ्गेलीबाट जीवन खनाल, विराटनगरबाट सिएम श्रेष्ठ, कटहरीबाट सीताराम विक, बेलबारीबाट तेजबहादुर खत्री र सुन्दरहरैचाबाट अर्जुन ढकाल निर्वाचित हुनुभएको छ ।