कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यमा कोइरालाको अग्रता कायमै


काठमाडौँ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहनुभएको छ । पछिल्लो परिणामअनुसार तीन हजार ५९५ मत गणना गरिँदा कोइरालाले दुई हजार ९४० मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

दोस्रो स्थानमा रहेका नारायणप्रकाश साउदले दुई हजार २६१, तेस्रो स्थानमा रहेका बालकृष्ण खाँणले दुई हजार २०७, चौथोमा रहेका उदयशम्शेर राणाले दुई हजार १६७ तथा पाँचौँ स्थानमा रहेका रामहरि खतिवडाले दुई हजार १४७ मत प्राप्त गरेका छन् ।

यस्तै रमेश लेखकले दुई हजार १३१, ज्ञानेन्द्रबहादुर कार्कीले दुई हजार १२७, शङ्कर भण्डारीले दुई हजार ११२, जीपछिरिङ लामाले दुई हजार ३५, अर्जुननरसिंह केसी दुई हजार ३०, गोपालमान श्रेष्ठले एक हजार ९५२, जीतजङ्ग बस्नेतले एक हजार ९३९, नैनसिंह महर एक हजार ८८३, सुनिलबहादुर थापाले एक हजार ८८१ र डा रामशरण महतले एक हजार ८७५ मत प्राप्त गरेका छन् । उनीहरु क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ, चौथौँ र पन्ध्रौँ स्थानमा रहनुभएको छ ।

यसैगरी मत परिणामअनुसार ३५औँ स्थानसम्म क्रमशः दिलेन्द्रप्रसाद बडू (१,८४९), मोहनबहादुर बस्नेत (१,८४९), बलबहादुर केसी (१,८२१), गोविन्द भट्टराई (१,८२०), कुन्दनराज काफ्ले (१,७२८), दिपक गिरी (१,७२६), सुरेन्द्रराज पाण्डे (१,६८२), पद्मनारायण चौधरी (१,६१९), गुरु बराल (१,४४७), राजिव ढुङ्गाना (१,४४३), सञ्जयकुमार गौतम (१,४४३), प्रा डा गोविन्दराज पोखरेल (१,४२७), दिनेश कोइराला (१,३९४), मदनबहादुर अमात्य (१,३९२), अजयबाबु शिवाकोटी (१,३७३), उमेशजङ्ग रायमाझी (१,३६३), गणेश लामा (१,३६०), कृष्णकिशोर घिमिरे (१,३३०), डा गोपाल दहित (१,३२९) र इन्जिनियर मोहन आचार्य (१,३२४) रहनुभएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । खुला केन्द्रीय सदस्यमा कांग्रेसको विधानअनुसार ३५ जना सदस्यमा निर्वाचित हुने व्यवस्था छ ।