छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन भएको छ । उक्त अक्सिजन प्लान्टको शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन् ।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागि परेको उल्लेख गरिन् । विद्युतको खपत बढाउन सरकारले विद्युतको महशुलदर समेत घटाएको उनको भनाइ छ।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिका १७ वडाध्यक्ष नबिन मानन्धरको लगायतको उपस्थिति थियो ।