राष्ट्रिय स्वास्थ्यकर्मी संघ रसुवाको अध्यक्षमा विमल घिमिरे

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ रसुवाको शुक्रबार भएको  दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा विमल घिमिरे चयन भएका छन् ।अध्यक्षघिमिरेसहित २३ सदस्यीय समिति गठन भएको हो । उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा उपेन्द्र बुलुन,सहसचिवमा कृष्ण भण्डारी,कोषाध्यक्षमा साईका सापकोटा चयन भएका छन् ।

सदस्यहरूमा खुम्बु बोहरा, जानुका न्यौपाने, निरुता गुरुङ, राजेश विष्ट, विजय घले, शेर बहादुर घले, इस्मिता नेपाली, रामशरण आचार्य, दामोदर गजुरेल, सतेन्द्र यादव, निकला लिम्बु, लक्ष्मी देवकोटा, विमल तामाङ, दिपा ठाकुर, उमेश पौडेल छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष रामहरि ढकाल  निर्वाचन समिति संयोजक रहेका थिए । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल २०६२ सालमा स्थापना भएको थियो ।

सोही क्रममा २०७४ जेठ ६ गते रसुवामा तदर्थ समिति  गठन गरिएको थियो । यसअघि २०७४ मंसिर २२ गते धन कुमार राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो ।