आठ फिटको केरा घरी

0
Shares

महोत्तरी ।

केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामोे छ । केराको घरीमा झण्डै ३० भन्दाबढी हाता देखिएका छन् ।

विसं २०७६को हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो । प्राय केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी लाग्ने) भए पनि यो चै दुई वर्षमा पसाएको किसान न्यौपानेको भनाइ छ ।

घरीको माथिका हाता छुट्टिँदै गए पनि तलसम्मका हाता छुट्टिने र छिप्पिने क्रममा छ । बोट सामान्य मोटाइको भए पनि घरी भने निकै लामो भएपछि अहिले यो केरा हेर्न दिनहुँ आउने गर्छन् । कृषि प्राविधिकले भने यो घरी निकै लामो भए पनि माथिका १०/१२ हातामा मात्र राम्रो कोसा हुने र तलका हाताका कोसा झिना हुने बताएका छन् । रासस