समाजवादी प्रेस संगठनको विशेष भेला पुस ५ मा


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नुहुनेछ ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई सङ्कुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर संगठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।