कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी


न्युज अफ नेपाल, काठमाडौं । 

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छन् । उनी कांग्रेसको प्रदेश २ भूगोलबाट महिलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। संस्थापन प्यानलबाट उम्मेदवार बनेकी यादवले २७३१ मत ल्याएर विजयी भएकी हुन् ।

उनकी निकटम प्रतिस्पर्धी गीता चौधरीले १८८५ मत प्राप्त गरेकी छन् । यसअघि प्रदेश २ को भूगोलतर्फ पुरुषमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् ।