पर्यटन बोर्डको सिइओ रेग्मी निलम्बित

0
Shares

काठमाडौँ ।

नेपाल पर्यटन बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत ९सीईओ० डा। धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।

बोर्डका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले राससलाई जानकारी दिनुभयो ।

पदीय हैसियतको दुरुपयोग, नैतिक आँचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ ।

सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय सञ्चार माध्यममा छाएपछि पर्यटन मन्त्रालयले उहाँलाई स्पष्टिकरण सोधेको थियो ।