जापानमा आठ तले भवनमा भीषण आगलागी, २७ बढीकाे मृत्यु भएको आशंका


जापान ।

जापानको पश्चिमी क्षेत्रस्थित ओसाका शहरको आठ तले भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ । जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार शुक्रबार ओसाका शहरको आठ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको हो ।

सो क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको समाचारमा उल्लेख छ । यो आगलागीबाट २८ जना मानिसहरु प्रभावित भएका थिए ।

जसमध्ये २७ जनालाई मुटु र फोक्सोले काम नगरेको अवस्थामा फेला पारिएको हो । अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी छ ।