ट्रिपरको ठक्करबाट एकै परिवारका ३ जनाको मृत्यु


न्युज अफ नेपाल, सप्तरी ।

सिरहाको लहानमा टिपरले ठक्कर दिँदा बिहीबार सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघियाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना बालक घाइते भएका छन् ।

मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् । प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स. १क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको मृत्यु भएको र १ बालक घाइते भएका छन् ।