न्युज अफ नेपाल, काठमाडौं।
नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी देवराज चालिसेलाई १७ मतले पराजित गरेका हुन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार किशोरसिंहले २,५७६ मत पाएर विजयी हुँदा देवराजले २,५५९ मत पाएका छन् । किशोरसिंहले देउवा र देवराज कोइरालाले प्यानलबाट उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया