ललितपुर महानगरका  मेयर महर्जनको मनपरी

कार्यपालिका सदस्यद्वारा महानगरको स्थापना दिवस बहिष्कार 

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्थानीय निकायमा अनियमितता गर्ने काममा अग्रणी रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आयोजना गरेको कार्यक्रममा कार्यपालिकाका २३ जना सदस्यले बहिष्कार गरेका छन् । महानगरको १ज्१३ औ स्थापना दिवसमा वडा अध्यक्षलाई समेत जानकारी नदिई कार्यक्रम सम्पन्न गरेका छन् ।

स्थापना दिवस गर्नुअघि अनिवार्य रूपमा कार्यपालिकाको बैठक बोलाउने प्रचलन छ । तर मेयरमहर्जनले प्रमुख प्रशासकीय अधिकृतको सल्लाहमा केही विभागीय प्रमुखसंग बैठक बसेर कार्यक्रम आयोजना गरेका छन् । बिहीबार बिहान केही वडा अध्यक्षलाई फोन गरेर तपाई आउनुपर्छ है भन्ने बाहेक कुनै औपचारिक निम्तो नदिएको महर्जन ललितपुर महानगरपालिकाभित्र बदनाम हुँदै गएका छन् ।

आज बिहान आयोजना गरेको स्थापना दिवसमा मेयर निकट केही कर्मचारी मात्र उपस्थित भएका थिए । नेपाल प्रहरीबाट अवकाश भरसकेपछि पनि कर्मचारीको हैसियतमा तलब खाइरहेका सिताराम हाछेथुले सबै व्यवस्थापन गर्न जिम्मा लिएका थिए ।

नगर प्रहरीमा करारमा जागिर खान पुगेका हाछेथुले मञ्चदेखि सबै व्यवस्थापन ग रेको महानगरका कर्मचारीले बताएका छन् । आज आयोजित कार्यक्रममा ३९ मध्य २३ जनाले बहिष्कार गरेका छन् ।  ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य एवं वडा नम्बर २४ का अध्यक्ष दिनेश कार्कीले स्थापना दिवस मनाउनु अघि कुनै पनि बैठक नराखी गरेको कार्यक्रम बहिष्कार गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–बैठक नै नगरी कार्यक्रममा आइदिनुप-यो भन्ने मेयरले मनपरी गरेको आरोप लगाउनुभयो । यस्तो महत्त्वपूर्ण कार्यक्रममा हामीलाई जानकारी नै नदिने मेयर महर्जनले फेरी मनपरी गर्न थालेका छन् । महानगरपालिकाले आज प्रभात फेरी कार्यक्रम, २५ वर्ष पुरा भएका कर्मचारीलाई पदक र सम्मान पत्र कोरोना सङ्क्रमितलाई नगद वितरण शुरु गरिएको थियो ।

करिब ६ महिना कार्यकाल बाकी रहेको अवस्थामा मेयर महर्जनले आर्थिक चलखेल गरी कर्मचारी भर्ती गरेको आरोप लागेको छ । मेयर महर्जनले करिब २ सय भन्दा बढी कर्मचारी भर्ती गरिसकेको आरोप लागेको छ । उनको अहिलेको धन्दा भन्नु नै कार्यकर्ता पोस्ने र महानगरमा मनपरी गर्नु रहेको छ– एक सदस्यले भने ।