ठगीको आरोपमा कांग्रेस नेता अधिकारी पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

ठगीको आरोपमा कांग्रेस चितवनका नेता दीपक अधिकारीलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको छ । कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग कारोवार गरे वापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका चितवन कांग्रेसका नेता अधिकारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग चितवनको भरतपुरमा रहेको अस्किना केवल नेटर्वक प्रालि संचालन गर्दै आएका अधिकारीले दिएको चेक बाउन्स भएपछि प्रहरीले अदालतबाट आदेश लिएर पक्राउ पुर्जी जारी गरेको थियो ।

सो कम्पनीलाई तिर्नुपर्ने करिव १ करोड ५० लाख रुपिया अधिकारी र अर्का संचालक मिलन गुरुङले पैसा नतिरी भाग्दै आएका थिए । बिभिन्न मितिमा अधिकारी र गुरुङले कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिलाई उक्त रकम बराबरको चेक दिएको भएपनि उक्त चेक नसाटिएपछि सो कम्पनीले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गरेको थियो ।