न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसको आदिवासी जनजातितर्फबाट सहमहामन्त्रीमा भिष्मराज आङ्देम्बे विजयी भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार भएको मत गणनामा आङ्देम्बे विजयी भएका हुन् ।
कांग्रेस निर्वाचनमा आदिवासी जनजातितर्फ खसेको कूल ४६८१ मतमध्ये अहिलेसम्म ४४६२ मत गणनामा उनले २५७८ मत ल्याएका छन् । यस्तै अर्का उम्मेदवार विकास लामाले १८२५ मत ल्याएका छन् ।
अब २१९ मत गन्न बाँकी छ । जसमा ७५३ मतको अग्रताका साथ आङ्देम्बेको जित सुनिश्चित भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा मत गणना सकिएपछि गर्नेछ ।











प्रतिक्रिया