सुन्दरीजल पुगेर कांग्रेस महामन्त्री शर्माले विपीको शालिक ढोगेपछि…

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार भएको मत गणनामा उनीहरु विजयी भएका हुन् ।

नवनिर्वाचित महामन्त्री शर्माले सुन्दरीजल पुगेर विपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । उनले त्यहाँ पुगेर विपीको शालिकमा ढोगेका थिए ।

उनले मत दिने र नदिने सबैको मन जित्नेगरी पार्टीमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भने, ‘मत दिनेहरूलाई सम्मान छ । नदिनेहरूप्रति पनि उत्तिकै सम्मान छ । मत नदिनेहरूको पनि मन जित्नेगरी काम गर्नेछु ।’