रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन् । उनले प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर बिहीबार अपराह्न राजीनामा बुझाएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा हारेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।