२४०० मतगणना हुँदा देउवालाई १४२३, शेखरलाई ९५९



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले सुरुदेखि नै अग्रता लिएका छन् । सुरुवाती मत परिणाममा देउवाले आफ्ना प्रतिष्पर्धी डा। शेखर कोइरालासँगको अग्रता फराकिलो बनाएका छन् ।

जारी मतगणनामा अहिलेसम्म २४०० मत गणना हुँदा शेरबहादुर देउवाले १४२३ मत प्राप्त गरेका छन् भने कोइरालाले ९५९ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्