कांग्रेस निर्वाचन : कहाँ हराए ११८ मतदाता ?



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा ११८ जना अनुपस्थित भएका छन् । उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल भएका हुन् ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४,६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४,५६३ मत मात्रै खसेको छ । पहिलो चरणमा पनि कुल मतदातामध्ये ६४ जना अनुपस्थित रहेका थिए । पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्