कांग्रेस सभापतिको निर्वाचन सकियो, ४,५६३ भोट खस्यो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी सभापतिको निर्वाचन सकिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नसकेपछि भएको दोस्रो चरणको निर्वाचन सकिएको हो ।

दिउँसो साढे तीनबाट सुरु भएको दोस्रो चरणको मतदान केहीबेर अघि सकिएको हो । दोस्रो चरणमा ४,५६३ मत मात्रै खसेको छ । अब केही बेरमा मत गणना सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्