कांग्रेस मतदानको समय फेरि थप, साढे १० बजेसम्म मतदान हुने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय पुनः थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार डेढ घण्टाको समय थप गर्दै राति साढे १० बजेसम्मका लागि मतदान थप गरिएको हो । यसअघि समय थप गरेर ५ बजेबाट ९ बजेसम्मका लागि मतदान समय तोकिएको थियो ।

सभापति पदका लागि ४३ सयभन्दा बढीले मत हालिसकेको बताइएको छ भने मतदान गर्ने कूल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । मतदान भृकुटीमण्डपको प्रांगण र राष्ट्रिय सभा गृहमा भइरहेको छ ।