एकीकृत समाजवादीको राष्ट्रिय सभाको प्रमुख सचेतकमा कुँवर


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ । आज बसेको नेकपा (एस)काे संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रिय सभाको प्रमुख सचेतकमा कुँवरलाई चयन गर्ने निर्णय गरेको हो ।

यस्तै प्रतिनिधिसभाको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियभाका दुवै सदनको अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

संसद बैठकको पूर्वसन्ध्यामा पार्टीले दुवै संदनमा आफ्ना प्रमुख सचेतक चयन गरेको हो । गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।