नेकपा एस निकट अनेरास्ववियूको ‘मोबाइल एप’ सार्वजनिक


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप सार्वजनिक गरेको छ । अब अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिबिधिबारे मोबाइल एप मार्फत् जानकारी प्राप्त गर्न सकिने छ । मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारजनक सामाग्री, गतिबिधि सबै एउटै एपमा पाउन सकिन्छ भने सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिन्छ ।

सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले थापाथली इन्जिनियरिङ क्याम्पसमा एक कार्यक्रमका बीच एपको उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँगाउँ ठाउँठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरेका छन् ।