बिनाको साथ नभए साजन आधा आधुरो (भिडियो)


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका नव गायक गायक साजन तामाङले आफ्नो पहिलो गीत ‘आधा आधुरोुको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

प्रेम भावना व्यक्त गरिएको यस गीतमा शब्द गीतकार डि।पी खनालको रहेको छ भने सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।

हस्पिटालिटी क्षेत्रमा काम गर्दै संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका संघर्षरत गायक तामाङले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।