एमालेले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति


न्युज अफ नेपाल, काठमाडौं ।

१० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्ने एजेन्डामा उल्लेख गरे पनि सो भने आज सम्भव नभएको एमालेले जनाएको छ । बैठक आइतबार पनि जारी रहनेछ ।