मुनाल सहकारीले तारकेश्वरमा व्यावसायिक भवन बनाउने

28
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उत्तमबहादुर केसीको सभापतित्वमा उक्त साधारण सभामा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा बागमती प्रदेशका सहकारी विभागका रजिष्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलगायतले शुभकमना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संस्थाको शिक्षा उपसमितिलाई क्रियाशील बनाउन आग्रह गर्नुभएको थियो । त्यस्तै बागमती प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।

साधारण सभामा आर्थिक वर्ष २०७८र७९ को सहकारीको अनुमानित आय व्याय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो । संस्थाका अध्यक्ष उत्तमबहादुर केसीले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदनअनुसार आव २०७७र७८ मा संस्थाको शेयर पुँजी ३ करोड ३६ लाख १० हजार ७ सय रहेको छ ।

संस्थाका एक हजार ८ सय ५८ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा र अन्य कोषमा १ करोड २९ लाख ९२ हजार ६ सय ३६ रुपियाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।त्यस्तै संस्थाले ३२ करोड ७७ लाख ३१ हजार निक्षेप संकलन गरी ३६ करोड ४२ लाख ८८ हजार रुपियाँ कर्जा लगानी गरेको छ ।

सहकारीले तारकेश्वर नगरपालिका–८ जरङ्खुमा बहुउद्देश्यीय भवन बनाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । त्यसका निम्ति सहकारी भवन निर्माण आवधिक बचत योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार न्युनतम् ५ लाख एकमुष्ट साढ नौ प्रतिशतका दरले चार वर्षमा साँवा ब्याज भुक्तानी र वैदशिक भ्रमण सुविधा रहेको छ । त्यस्तै न्यूनतम् २ लाख २५ हजार रुपियाँका दरले चार वर्षमा साँवा ब्याज भुक्तानी र आन्तरिक भ्रमण सुविधा रहेको छ ।

साधारण सभाले सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावसमेत पारित गरेको संस्थाका सञ्चालक मित्रलाल श्रेष्ठले जानकारी दिनुभयो । सामाखुशीमा प्रधान कार्यालय रहेको संस्थाका तारकेश्वर–८, जरङ्खु, बागबजार, नागार्जुनको देवनगर र नयाँबानेश्वरमा सेवा केन्द्र रहेका छन् । सभामा सहकारीका निवर्तमान अध्यक्ष मोहन बहादुर कार्कीले संस्थाको हालसम्मको प्रगति तथा रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यस्तै कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनोज भण्डारी, तारकेश्वर नगरपालिका वडा ८ का अध्यक्ष मनोज कुमार घिमिरेले पनि शुभकामना दिनु भएको थियो । कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत तारकेश्वर नगरपालिका(६ स्थित ग्राम सेवा विद्यालयमा अध्ययनरत २५ विद्यार्थीहरुलाई न्यानो कपडाका नै निम्ति आर्थिक सहयोग प्रदान गरिएको थियो ।