महाधिवेशनस्थल सम्म आईपुग्दा महाधिवेशन प्रतिनिधिहरुको आठ करोड खर्च !


न्युज अफ नेपाल, काठमाडौं । 

जारी काग्रेस महाधिवेशनमा भाग लिन आएका महाधिवेशन प्रतिनिधिहरुको आठ करोड रुपैया भन्दा बढी खर्च भएको छ । क्रियाशिल सदस्यता नविकरण देखि महाधिवेशन प्रतिनिधि दर्ता शुल्क सम्म गरेर एक प्रतिनिधि बराबर २० हजार रुपैया सम्म खर्च भएको छ ।

धनुषा जिल्ला बाट महाधिवेशन प्रतिनिधिको रुपमा भाग लिन काठमाडौं आउनुभएका अरविन्द महतोका अनुसार क्रियाशिल सदस्यता नविकरण दुई सय रुपैया, वडामा क्षेत्रिय प्रतिनिधिको उमेद्वारी दर्ता गर्दा एकहजार रुपैया, केन्द्रिय महाधिवेशन प्रतिनिधिको उमेद्वारी दर्ता गर्दा पाँच हजार रुपैया, महासमिति सदस्यको उमेद्वारी दर्ता गर्दा सातहजार रुपैया, प्रदेश प्रतिनिधिको नाम दर्ता गर्दा दुई हजार रुपैया र केन्द्रिय महाधिवेशन प्रतिनिधिको नामावली दर्ता गर्दा तीनहजार रुपैया खर्च भएको छ ।

आफ्नो क्षेत्रबाट राजधानी सम्म आएको यातायात खर्च, खाजा खर्च जोड्दा यो भन्दा धेरै हुन्छ । सरदर एक प्रतिनिधिको महाधिवेशन स्थल सम्म आइपुग्दा खर्च भएको १८ हजारको दरले ४५ सय प्रतिनिधिको ८ करोड १० लाख रुपैया खर्च भएको देखिन्छ ।