सकियो कट्रिना र विक्कीको तीनदिने बिहे



बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । मंगलबारबाट उनीहरूको विवाह समारोह राजस्थानस्थित होटल सिक्स सेन्सेस फोर्टमा शुरू भएको थियो भने बिहीबार राति सम्पन्न भएको छ ।

समाचार अनुसार विक्की हिन्दू धर्मावलम्बी तथा कट्रिना क्रिस्चियन धर्मावलम्बी भएकाले उनीहरूको विवाह हिन्दू र क्रिस्चियन दुवै परम्परा अनुसार सम्पन्न भएको छ । ३८ वर्षकी कट्रिना उमेरमा विक्कीभन्दा ५ वर्ष जेठी हुन्।

गोप्य तरिकाले सम्पन्न भएको उनीहरूको विवाह समारोहमा सञ्चार माध्यमहरूलाई प्रवेश निषेध गरिएको थियो भने अतिथिहरूलाई मोबाइलफोन लैजान निषेध गरिएको थियो। माचारमा उल्लेख भएअनुसार कट्रिना र विक्कीले चारै तिरबाट बन्द सिसाको घेराभित्र सात फेरा लिएका थिए।

बलिउडका चर्चित हस्तीहरूको सहभागिता रहेको विवाह समारोहमा सुरक्षाको जिम्माभने अभिनेता तथा कट्रिनाको पूर्वप्रेमी सलमान खानका बडिगार्ड शेराले सञ्चालन गरेको सेक्युरिटी कम्पनीले लिएको थियो। सुरक्षालाई बारवडा पुलिसले पनि सहयोग गरेको थियो। मंगलबार शुरू भएर बिहीबार सम्पन्न भएको तीन दिने विवाह समारोहमा बुधबार भने पाहुनाहरूका लागि पार्टीको आयोजना गरिएको थियो। उनीहरूको विवाहस्थल करिब सय प्रजातिका १५ टन फूलले सजाइएको थियो।

प्रतिक्रिया दिनुहोस्