कठपुतलीको ट्रेलर सार्वजनिक



काठमाडौं ।

हरर जनरामा निर्माण भएको फिल्म कठपुतलीको ट्रेलर सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासनको समयमा दरबार भित्र हुने घट्नाक्रमलाई देखाइएको छ।

आगामी पुस १६ गते रिलिजहुने फिल्म भीमसेन लामाले निर्देशन गरेका छन् भने पृथ्वी राना मगरले निर्माण गरेका छन्। फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्म अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएलफ्रुमले छायांकन गरेका छन्। फिल्मकी कार्यकारी निर्माता सम्पदा मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन्। ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो। फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ’ मल्लले भनिन् ‘फिल्मले भूत प्रेत, तन्त्रमन्त्रको कथा भन्नेछ।’

अभिनेत्री मिथिला शर्माले फिल्ममा काम गर्न कथा वस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन्। फिल्मले नारीलाई सशक्तरूपमा प्रस्तुत गरेको उनको भनाइ थियो। नायक कर्माले हरर जनरामा यो फिल्मले एउटा इट्टाथप्ने विश्वास व्यक्त गरे। लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलोपटक हरर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

उनले अहिलेसम्म हरर फिल्म समेत नहेरेको बताउँदै आफूलाई भूतप्रेत प्रति विश्वास रहेको बताइन्। हालै अमेरिकाको इन्टरनेसनल फिल्म फेस्टिभल विन्टर फिल्म अवार्डमा दुई महत्वपूर्ण अवार्ड जितेको कठपुतलीको सह–निर्मातामाविशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रेका छन् ।

प्रतिक्रिया दिनुहोस्