भारतीय कृषकहरूले एक वर्ष लामो प्रर्दशन रोक्ने



नयाँ दिल्ली ।

सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको एक सातापछि भारतीय किसानहरूले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन बन्द गर्न लागेको बताएका छन् । राजधानी दिल्लीका सीमा क्षेत्रमा शिविरै स्थापना गरेर प्रर्दशनरत हजारौं कृषकहरू मध्ये दर्जनौंको गर्मी, चिसो र कोभिडको कारण ज्यान गइसकेको छ ।

शनिबारदेखि तीकृषकहरू आ–आफ्ना घर फर्कने भएका छन् । मन्त्रीहरूले तिनीहरुको अन्य मागहरू माथि पनि छलफल गर्ने र उत्पादनको सही मूल्यको ग्यारेन्टीदिने वचन दिए पछि तिनीहरूले प्रर्दशन रोक्ने निर्णय गरेका हुन् । कृषक नेता गुरनाम सिंह चारुनीले स्थानिय संचार माध्यमलाई भनेका छन् – ‘हामी १५ जनवरीमा एउटा पुनरावलोकन बैठकको आयोजना गर्दैछौं ।’

फर्म युनियनहरूले सरकारले लागु गर्न लागेको तीनवटा बजार मैत्री कानुनको विरोध गर्दै आएका हुन् । तिनीहरूले यदि ती कानुन पारित हुने हो भने ठूला ठूलाकम्पनीहरूले आफ्नो जीविका नै ध्वस्त पार्ने दाबी गर्दै आएका थिए । सो कृषि सुधार कार्यक्रमले फाइदा नै पुग्ने हो भनेर महिनौंसम्म कृषकहरूलाई सम्झाइ बुझाइ गर्ने काम भएको थियो ।

तर, केही सिप नलागेपछि १९ नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले ती कानुन फिर्ता लिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्