खनाललाई पत्नीशोक


काठमाडौं, (नेस) ।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता तथा हाम्रा शुभेच्छुक दीपक खनाललाई पत्नीशोक परेको छ । खनालकी धर्मपत्नी अनिता आचार्यको ३८ वर्षको उमेरमा मंगलबार राति १० : ३५ बजे स्वर्गारोहण भएको हो ।

केही समयदेखि आचार्य क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. आचार्यको परिवारमा पति र दुई छोरा छन् । बुधबार बिहानै हिन्दु संस्कारअनुसार पशुपति आर्यघाटमा स्व. अनिताको अन्त्येष्टि गरिएको छ ।