बिहीबार कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बस्दै


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।