सुजिता मिस युनिभर्समा भिड्न इजरायलमा

0
Shares

मिस युनिभर्स नेपाल सुजिता बस्नेत नेपालको प्रतिनिधित्व गर्दै ७०औं मिस युनिभर्स स्पर्धा गर्न हालै इजरायल पुगेकी छिन्। इजरायल उड्नु अगाडि बस्नेतले यो पटक मिस युनिभर्सको ताज नेपाल भित्रिने आशा गर्न सकिने दाबी गरिन्। उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफू सहभागी हुन लागेको बताइन्।

गतमहिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित मिस युनिभर्स नेपालको अन्तिम स्पर्धामा उनले १५ प्रतियोगीलाई पछाडि पार्दै ताज पहिरिएकी थिइन्। प्रतियोगिताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युमसहित विभिन्न तयारी गरेको बताएकी छिन्। मिस युनिभर्स आगामी १२ डिसेम्बरमा आयोजना हुँदैछ। प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ।