पुरस्कार पाउने चार जना पत्रकारको नाम सार्वजनिक


काठमाडौं नेस ।

नेवाः पत्रकार राष्ट्रिय दबूको नवौ साधारण सभामा चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिको बैठकले पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

चार जना पत्रकारमा उदयबहादुर अमात्य ९पोखरा०, वरिष्ठ फोटोपत्रकार पदमसागर कक्षपति, विमला शाक्य र प्रशान्त माली रहनुभएको छ ।

अमात्यलाई ज्ञानज्योति लक्ष्मी प्रभा स्मृति पत्रकारिता पुरस्कार, कक्षपतिलाई बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, शाक्यलाई भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार र मालीलाई ज्ञानदेवी मणीरत्न स्थापित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

सो पुरस्कारको नगद राशी क्रमशः २० हजार,१० हजार १२-१२ हजार रुपैयाँ रहेको छ ।ललितपुरको सप्तपुर महाविहार चिकबहीमा शनिबार हुने एक समारोहकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाट सो पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।