एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा उम्मेदवारी दिएक घनश्याम भुसाल पनि पराजित भएका छन् । उनले जम्मा ७३५ मतका पाएका छन् । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् ।

उनले उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकी हुन् । यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् ।

यद्यपि उनीहरुलाई निर्वाचन आयोगले उनीहरु निर्वाचित घोषणा गर्न बाँकी छ छ। उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेश गरेका नामहरू हुन् ।