जिल्लाबाटै निरन्तर गीत–संगीतमा होमिँदै आएकी नवलपरासी पूर्वकी गायिका राशि रिजालको नयाँ गीत परानी सार्वजनिक गरिएको छ।
राशिलाई गीत गायनमा राजेश भण्डारीले साथ दिएका छन् भने केशव पौडेलको शब्द रचना रहेको छ। गीतमा राजेशकै संगीत छ भने एम थापाले एरेन्ज गरेका छन्।
गीतको म्युजिक भिडियोमा कलाकार शिशिर पौडेल र रुबिनाअधिकारीले अभिनय गरेका छन्। शम्भु चालिसेको छायाँकन रहेको म्युजिक भिडियोमा सम्पादन राजेश कुमार तथानिर्देशन र कोरियो ग्राफी चित्रमास्की मगरको रहेको छ।
गायिका राशिले यसअघि पनि थुप्रै गीत गाइसकेकी छिन्। तर, यसपटकको गीतबाट निकै आशावादी रहेको बताउँ छिन्। ‘मैले यसअघि गाएका गीतमध्ये यसबाट बढी आशावादी किन छु भने टिम पनि फरक र अग्रज हुनुहुन्छ। यो म आफैँलाई पनि निकै मन परेको गीतहो’ उनी भन्छिन्। गायिका राशिको यो गीतलाई त्रिवेणी इन्टरटेन्मेन्ट युट्युबबाट अपलोड गरिएको छ। गीतले अपलोडगरिएको एक दिनमै एक लाखभन्दा बढी भ्युज पाएको छ।











प्रतिक्रिया