३२ विधामा एपिक अवार्ड


तेस्रो एपिक नेपाल म्युजिक अवार्ड हालै भक्तपुरको बोडेमा सम्पन्न भएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको सहकार्यमाबोडेस्थित कुमारी मन्दिर परिसरमा सम्पन्न समारोहमा ३२ विधासहित विभिन्न ४० सम्मान प्रदानगरिएको थियो।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा ख्याति प्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह) लाई १ लाख १ हजार रुपैयाँँ राशिसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यसैगरी, जीवन पराजुलीलाई नगद २१ हजार रुपैयाँसहित मनोरन्जन पत्रकारिता सम्मान प्रदान गरियो।

फिल्मकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीद्वारा सञ्चालित कार्यक्रममा झ्यालमा पर्दा छबाट खेम सेन्चुरी सर्वोत्कृष्ट लोक दोहोरी गायक र भाग्यमै छौबाट टिका पुनलोक दोहोरी गायिका विजेता भए।लोक दोहोरीतर्फ झ्यालमा पर्दा छ बाट नेत्र अर्याल शब्द, डाँडाघरे साइलीबाट श्रीकृष्ण बममल्ललय, माइलीबाट विपेश घिमिरे र लाहुरबाट सारिका केसी मोडल, ओई गनगन–२ बाट सुरज श्रेष्ठ नवमोडल, झुम्के बुलाकीबाट अलिफ खान नव गायक, नसालु मायाबाट सोनिया डिसी नवगायिका, सुर्ति माड्दैबाट काजिश श्रेष्ठ भिडियो नृत्य निर्देशक, बाँचे कमाउलाबाट रविन शाह भिडियो निर्देशकको अवार्ड विजेता भए।

त्यसैगरी, आधुनिक संगीततर्फ जीवनयहाँ यस्तै छबाट प्रेम सेन्चुरी गायक, कहाँ होला मेरो मायालुबाट मेलिना राई गायिका, आँधीहुरीबाट भोजराज पाण्डे गीतकार, तिमीलाई मायागर्ने मुटुबाट केशव सापकोटा संगीतकार, फुलबुट्टे सारीबाट पलशाह र ए जिन्दगीबाट शिल्पापोखरेल मोडल, पत्थरको मुटुबाट विजय पुन र तिमीयति राम्री किनबाट नवमोडल, मायालुबाट देवेन्द्र बब्लु नवगायक, धोकेवाजबाट एलिना चौहान नवगायिका, तिमीयति राम्री किनबाट दुर्गेश थापापपुलर मोडल, भुपु माया–४ बाट विक्रम चौहान भिडियो निर्देशकको अवार्ड विजेता भए।

त्यसैगरी, काठेभाकातर्फ घैया मकैबाट रामशरण आले मगर गायक, खेतको आलिबाट शारदा रसाइली गायिका अवार्ड विजेता बने भने देउडातर्फ धनगढी बजारबाट ध्वज महरा गायक, नबड्याकी ठ्याउकीबाट रेखा जोशी  गायिका, नेपाल भाषाको संगीततर्फ भगवान् खाम बाबाट हरि सुन्दर श्रेष्ठ गायक, छँगुःला स्वःगचु मिखाबाट कल्पनाश्रेष्ठ गायिकाको अवार्ड विजेता बने।

गायक कस्तुप पन्त, पत्रकार तथाम्युजिक भिडियो निर्देशक सुव्रतराजआचार्य र म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेय निर्णायक रहेको अवार्डमा समारोहमा लोक दोहोरी गायिका सरिता डाँगीलाई मेरो हजुरबाट जुरी अवार्ड, लाइदेऊ मायाबाट भिडियो छायाँकार नवराज घिमिरेलाई इन्करेजमेन्ट अवार्ड र मदानीमा नेतीबाट नृत्य निर्देशक प्रवीण थापालाई जुरी अवार्ड प्रदान गरिएको थियो।