वृद्ध दम्पतीको हत्या आरोपमा पाइलट पक्राउ


सिडनी, (एजेन्सी) । 

एउटा व्यावसायिक एयरलाइनका पाइलटलाई बीस महिना अघिदेखि अस्ट्रेलियामा हराइरहेका दुईजना वृद्ध क्याम्परको हत्या गरेको अभियोग लगाइएको छ । अस्ट्रेलियाको भिक्टोरियास्थित उनकै क्याम्पसाइटमा हेलिकोप्टरहरूमा पुगेका प्रहरीले सोमबार राति ५५ वर्षीय ग्रेग लिनलाई पक्राउ गरेका थिए । उनीविरुद्ध ७४ वर्षीय रस्सेल हिल र ७३ वर्षीया क्यारोल क्लेको हत्या गरेको अभियोग लगाइएको छ ।

गत मार्चदेखि सो वृद्ध जोडी बेपत्ता भएको थियो । लिनविरुद्ध आगामी वर्ष अदालतमा मुद्दा चलाइने भएको छ । गिरप्mतारीमा परेलगत्तै उनले क्यान्तास कम्पनीको स्वामित्वमा रहेको एयरलाइन जेटस्टरको पाइलट पदबाट राजीनामा दिएका छन् ।भिक्टोरियाको अल्पाइन नेसनल पार्कबाट हिल र क्ले अचानक हराएपछि भिक्टोरिया राज्यको अहिले सम्मकै हराएका कुनै व्यक्तिको खोजी अनुसन्धानको सबैभन्दा ठूलो घटना भएको थियो । दैनिक अखबार दि एजका अनुसार प्रहरीले ती वृद्ध दम्पतीको २० मार्चमा हत्या गरिएको दाबी गरेको छ ।

त्यतिबेला तिनीहरूले एउटा हाइ फ्रिक्वेन्सी रेडियोबाट आफ्ना एक मित्रलाई सम्पर्क गरी आफूहरूले वोन्नागाटा भ्यालीमा क्याम्पिङको तयारी गरिरहेको बताएका थिए ।स्थानीय बटुवाहरूले भोलिपल्ट तिनीहरूको क्याम्पसाइट आगा लागेर नष्ट भएको अवस्थामा भेटाएका थिए । भिक्टोरिया प्रहरी सहायक आयुक्त बोब हिलले रस्सेल र क्यारोलको शव अवशेष पत्तालगाउन पूर्ण प्रयास गरिने बताएका छन् ।